Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


सरकारले निर्वाचन गराउने बाटो समातेको छैनः ओली


208
Shares

काठमाडाैं ।

नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा निर्वाचन हुने अवस्था नरहेको बताउनुभएको छ ।

बुधवारबाट शुरु भएको पार्टी केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै उहाँले निर्वाचन हुने अवस्था मुलुकमा नरहेको जिकीर गर्नुभएको हो ।

अध्यक्ष ओलीले सरकारले निर्वाचन गराउने बाटो नसमातेको समेत बताउनु भयो । उहाँले सरकार असंवैधानिक र अवैध भएको पनि दोहो¥याउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो,‘आजको प्रतिगमनको स्थितिलाई हामीले बुझ्नुपर्दछ । चुनाव हुनेवाला छैन । सरकारले चुनाव गराउने बाटो समातेको छैन । अवंधानिक सरकार हो यो । अबैध सरकार हो । हामी सबैलाई थाहा छ । पूर्वप्रधानन्यायाधीशले के गर्नुहुन्छ, गर्नुहुन्न भन्ने संविधानमा लेखेको छैन रु आफै फैसला गर्ने अनि फेरि आफैँ असंवैधानिक ढंगले प्रधानमन्त्री हुने ?’

अध्यक्ष ओलीले मुलुकमा प्रतिगमनमा गएको भन्दै त्यसलाई सच्याउने गरी अघि बढनुपर्ने आवश्यकता औँल्याउनुभयो ।