Logo २९ आश्विन २०८२, बुधबार | Wed Oct 15 2025


राष्ट्रिय हित र सार्वभौमिकताको पक्षमा अडिग भएकै कारण एमालेमाथि आक्रमण : अध्यक्ष ओली


39
Shares

काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई बर्बादीतर्फ धकेल्ने प्रवृत्तिविरुद्ध शतर्क रहँदै लोकतान्त्रिक तथा सुशासनयुक्त बाटोमा फर्काउनुपर्ने बताउनुभएको छ ।

बुधवार पार्टी केन्द्रिय कमिटीको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जेन–जी आन्दोलनपछि सबैभन्दा बढी प्रहार नेकपा (एमाले)माथि भइरहेको बताउनुभयो ।

राष्ट्रिय हित र सार्वभौमिकताको पक्षमा अडिग रहेकै कारण पार्टी नेतृत्व र पार्टीमाथि प्रतिगमनकारी शक्तिहरु लागिपरेको उहाँको जिकिर छ । उहाँले नेकपा (एमाले)लाई नेपालको कम्युनिष्ट आन्दोलनको वैचारिक तथा व्यवहारिक अगुवाइ गर्ने पार्टीको रूपमा चित्रण गर्नुभयो ।

मुलुककमा भ्रष्टाचार नियन्त्रण, राजनीतिक स्थीरता र राष्ट्रहितको काम मन नपाउने शक्तिहरु अझैपनि सक्रिय रहेको उल्लेख गर्दै उहाँले यसप्रति सजग रहन सबैलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘अहिले देश बर्बादीतर्फ धकेलिएको छ । यस अवस्थालाई हामीले तत्काल लोकतान्त्रिक, जनपक्षी, सुशासनयुक्त, भ्रष्टाचारमुक्त र शान्तीपूर्ण बाटोमा फर्काउनुपर्नेछ । अरुभन्दा हामी धेरै निशानामा परेका छौं ।

हाम्रा नीति राम्रा भएरै हामीमाथि धेरै प्रहार भइरहेको छ । नेकपा (एमाले) नेपालको कम्युनिष्ट आन्दोलनको निरन्तरताको वैचारिक र व्यवहारिकताको अगुवाई गरेका छौं । नेपालको सुशासन, सुव्यवस्था र स्थिरताको आन्दोलन र जबज प्रतिपादन हुनुभन्दा अगाडि र पछि हामी अघि बरिहेको अवस्थामा हामीले प्रभावकारी भूमिका खेलेका छौं ।

यी धेरै कुराहरु मन नपराउने शक्तिहरु छन् । राष्ट्रले शीर उठाएको मन नपाएका शक्तिहरु छन् । अरुले राष्ट्रहितमा बोल्नुनपर्ने एमालेमात्रै किन बोल्नुपर्ने शक्तिहरु पनि छन् । राष्ट्रिय हित र न्यायको पक्षमा छौं । यसर्थ हाम्रो राष्ट्रिय दृष्टिकोण राष्ट्रको हितमा र राष्ट्रिय सार्वभौकताको अडान लिएका छौं ।’

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारले मुलुकको राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउँदै आत्मनिर्भरताको बाटोतर्फ डोर्याएको पनि दाबी गर्नुभयो ।