Logo २९ आश्विन २०८२, बुधबार | Wed Oct 15 2025


सुनको मूल्यमा कीर्तिमानी, कतिमा हुँदैछ किनबेच ?


923
Shares

काठमाडाैं ।

सुनको मूल्य बढ्ने क्रम आज पनि जारी छ । सुनको मूल्यले आज पनि नयाँ कीर्तिमान बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रति तोला २ लाख ४८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिन मंगलबारको २ लाख ४८ हजार ५ सय रुपैयाँ भन्दा ४ सय रुपैयाँले बढी हो ।

यता, सुनको मूल्य आकाशिएको बेला चाँदीको मूल्यमा भने गिरावट आएको छ । मंगलबार प्रति तोला ३ हजार ३२५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार २४० रुपैयाँमा झरेको छ । यो ८५ रुपैयाँको गिरावटले चाँदी खरिदकर्तालाई केही राहत मिलेको छ ।

महासंघका अनुसार, आज प्रति १० ग्राम सुनको मूल्य २ लाख १३ हजार ३९० रुपैयाँ कायम भएको छ, भने प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ७७८ रुपैयाँ रहेको छ ।