
काठमाडौं ।
मुख्यमन्त्री सतिश कुमार सिंहले पदबाट राजीनामा दिएपछि मधेस प्रदेशमा नयाँ सरकार गठनको नयाँ प्रक्रिया सुरु भएको छ ।
मधेश प्रदेशकी मूख्यमन्त्री सुमित्रा सुवेदीले आज अपरान्ह ४ बजेसम्म नयाँ सरकार गठनका लागि बहुमतसहित दाबी पेश गर्न प्रदेशसभाका दलहरुलाई आह्वान गरेसँगै प्रक्रिया सुरु भएको हो ।
सो अवधिका लागि दलहरुले बहुमत जुटाएर मुख्यमन्त्रीमा दाबी पेस गर्नेछन् । मधेसमा मुख्यमन्त्रीका लागि कांग्रेस र लोसपाले दाबी गर्दै आएपनि ठोस सहमति भइसकेको छैन । एकसय सात सदस्यीय मधेस प्रदेशसभा सरकार बनाउन ५४ सिट आवश्यक पर्छ ।
प्रदेस सभामा जसपा नेपालका १९, जनमतका १३, नेकपा माओवादी केन्द्र र लोसपाका ९–९, नेकपा एकीकृत समाजवादीको ७ सिट छ । नागरिक उन्मुक्ति, राप्रपा र संघीय समाजवादी पार्टीका प्रदेश सभामा १–१ सिट छ । लोसपाका एकजना सांसद निलम्बित छन् ।
यी पाँच दल मिले मधेसमा सरकार गठनको लागि बहुमत पुग्छ । अन्य प्रदेशमा गठबन्धन गरेर सरकार चलाईरहेका कांग्रेस र एमालेलाई भने मधेशमा सरकार बनाउन बहुमत पुग्दैन । मधेशमा एमालेका २५ र कांग्रेसका २२ जना प्रदेश सभा सदस्य रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्