
काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेष्टेनी समुह हमासलाई सम्झौता अनुसार आफ्नो हतियार नसुम्पिए जफत गर्ने चेतावनी दिनुभएको छ ।
साथै गाजामा बँन्धक बनाइएका मृतकको शव फिर्ता यथासिध्र गर्न पनि आग्रह गर्नुभएको छ । राष्टपति ट्रम्पले ह्वाइट हाउसमा अजेन्टिनाका राष्ट्रपति जेवियर मेलीसँगको भेटमा गाजा युद्धविरामलाई मध्यपूर्वमा नयाँ शुरुवात भएको बताउँदै नयाँ शुरुआतले अराजकता, आतंक र विनाशको ताकत हारेको उल्लेख गर्नुभएको छ ।
उहाँले हमासलाई आफ्नो वचन प्रति प्रतिवन्ध रहि हतियार सुम्पिएन भने अमेरिका कडा कदम उठाउने दावी गर्नुभयो ।
ट्रम्पले गाजालाई गैर–सैन्यीकृत गरिनपर्ने र हमासलाई निशस्त्रिकरण गर्न जरुरी रहेको बताउनुभयो । यसअघि पनि ट्रंपले इजरायलको संसद समक्ष पनि युद्ध विराम सिर्फ सर्धषको अन्त्य नभएको यसले नयाँ युग शुरु भएको दोहो¥याउनुभएको थियो ।
युद्धविराम पछि पनि हमासले सबै मृतकको शव फिर्ता नगरेका आलोचना हुन थालेको छ । हमासले अहिलेसम्म जम्मान ८ मृतकको शव मात्रै इजरायललाई फिर्ता गरेको छ । शव फिर्तामा भइरहेको ढिलाईलाई बन्धक परिवार मञ्चले युद्धविरामको स्पष्ट उल्लंघन भएको टिप्पणी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्