Logo २९ आश्विन २०८२, बुधबार | Wed Oct 15 2025


गुडिरहेको बसमा आगलागी हुँदा २० जनाको मृत्यु, तीन दर्जन बढी गम्भीर घाइते


689
Shares

काठमाडौँ ।

भारतकाे राजस्थानअन्तर्गत जैसलमेरमा गरडिरहेकाे बसमा आगलागी हुँदा २० जनाकाे मृत्यु भएकाे छ भने तीन दर्जनभन्दा बढी गम्भीर रूपमा घाइते भएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार लगभग ७० प्रतिशत जलेका १६ जनालाई जोधपुरको मथुरादास अस्पतालमा भर्ना गरिएको छ भने अन्य घाइतेहरूको उपचार जैसलमेरको जवाहर अस्पतालमा भइरहेको छ।

प्रहरीले दिएकाे जानकारी अनुसार बसमा पटाकाहरू थिए। बसको पछाडिको भागमा सर्ट सर्किट हुँदा झिल्को निस्कियो, जुन पटाकाहरूसम्म पुग्यो र आगो फैलियो। आगो लागेपछि पनि बस गुडिरहेको थियो। आगो आफूसम्म पुग्नुअघि नै चालकले बस रोके र हाम फाले। यसपछि नजिकैका गाउँलेले पानी खन्याए तर आगो निभाउन असफल भएकाे जनाइएकाे छ ।

मृत्यु हुनेको संख्या बढ्ने अनुमान गरिएको छ। जैसलमेरबाट जोधपुर जाँदै गरेको बसमा जम्मा ५७ जना यात्रा गरिरहेका थिए। पोखरणका विधायक प्रताप पुरीले दुर्घटनामा २० जनाको मृत्यु भएको पुष्टि गरेका छन्।