Logo २९ आश्विन २०८२, बुधबार | Wed Oct 15 2025


संसद् पुनर्स्थापनाबारे आज राजनीतिक दलसँग छलफल गर्दै सभामुख


1.7k
Shares

काठमाडौंं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालत जाने गृहकार्यमा जुटेका सभामुख देवराज घिमिरेले आज दलहरूसँग छलफल गर्न लग्नुभएको छ । घिमिरेले बिहान ९ बजे ११ राजनीतिक दलहरूलाई छलफलमा बोलाउनुभएकाे हाे ।

प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर अदालत जाने पक्षमा सभामुख देखिएका घिमिरेले संसद् पुनर्स्थापनाका विषयमा दलहरूसँग छलफल अघि बढाउनुभएको हो ।

नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजवादी) छन् । त्यस्तै, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टीलाई उनले छलफलमा बोलाउनुभएको हो ।

राष्ट्रिय जनर्मोचा, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र आमजनता पार्टीलाई भने बोलाइएको छैन ।