Logo १३ असार २०८३, शनिबार | Sun Jun 28 2026


एमालेको केन्द्रीय कमिटी आजदेखि सुरु हुँदै


221
Shares

काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी एमालेको १०औँ केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ।

बैठक बिहान ११ बजे ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा तीन दिनसम्म बैठक चल्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभएको छ ।

गौतमले आजको बैठकको सुरूमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको बताउनुभयो ।

‘प्रतिवेदनमा सरकार गठन प्रक्रिया र प्रतिनिधिसभा विघटन असंवैधानिक छ । प्रधानमन्त्रीले दलका शीर्ष नेतृत्वसँग अहिलेसम्म संवाद नगरेको छैन। शान्ति, अमन चयनको आधार तयार नभइसकेकाले निष्पक्ष चुनावको आशंका रहेको जस्ता विषय समेटिने छन्।

बैठकमा आसन्न पार्टीको राष्ट्रिय महाधिवेशनको बारेमा पनि छलफल हुने प्रमुख गौतमले जानकारी दिनुभएको छ ।