
काठमाडौं । शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार १९ दशमलव ४३ अंकले घटेकाे छ।
सेयर कारोबार भएका मध्ये २ सय १४ वटा कम्पनीको सेयर मूल्य घटेको हाे। अधिकांश कम्पनीको सेयर मूल्य ओरालो लागेसँगै नेप्से घटेर २ हजार ५ सय २८ दशमलव १६ अंकमा पुगेको छ। नेप्सेमा सोमबारको तुलनामा मंगलबार कारोबार रकम पनि घटेर ३ अर्ब ३६ करोड ६१ लाख ९८ हजार रुपैयाँ बराबरको मात्रै भयो ।
मंगलबार नेप्से घटे पनि ३३ वटा कम्पनीको भने सेयर मूल्य वृद्धि भएको छ । तर, ५ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेकाे हाे। नेप्सेमा कारोबार भएकामध्ये शुभम पावर कम्पनीको सेयर बिक्रेताले सबै भन्दा बढी नाफा आर्जन गरेका छन् । समाज लघुवित्तको सेयर बिक्री गर्नेले सबै भन्दा बढी गुमाएका हुन्।
म्युचुअल फन्ड, अन्य र व्यापार समूह बाहेक सबै सूचक नकारात्मक रहेकाे नेप्सेले जनाएकाे छ।
प्रतिक्रिया दिनुहोस्