Logo २७ आश्विन २०८२, सोमबार | Mon Oct 13 2025


साढे २४ सय बढी सैनिक दीक्षित


715
Shares

काठमाडौं । नेपाली सेनाका विभिन्न तालिम केन्द्र तथा युनिटमा सञ्चालित सैन्य आधार तालिम साेमबार समापन भएकाे छ।

साेही तालिम समापनका अवसरमा आयोजित छुट्टा-छुट्टै कार्यक्रमहरूमा सैन्य जवानहरूले अन्तिम दलेल कवाज प्रदर्शन गरेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको हाे । सेनाका तालिम केन्द्रसहित विभिन्न १९ स्थानमा सञ्चालित नौ महिना अवधिको सैन्य आधार तालिम २ हजार १ सय २ पुरुष र ३ सय ४९ जना महिला पूरा गरी दीक्षित भएका हुन् ।

तालिम समापनका अवसरमा त्रिशूलीस्थित श्री नं १ सैन्य तालिम केन्द्रमा तालिम महानिर्देशक ध्रुवप्रकाश शाह लगायतका सैनिक अधिकृतले कवाज निरीक्षण गरी उत्कृष्ट शिक्षार्थीलाई पुरस्कार प्रदान गरेका थिए।