Logo २७ आश्विन २०८२, सोमबार | Mon Oct 13 2025


शेयर बजार ४४अंकले बढ्याे, ४ अर्ब ९७ करोड बढीकाे काराेबार


130
Shares

काठमाडौं । शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज नेप्से) मा सोमबार हरियाली छाएको छ।

नेप्से परिसूचक ४४ दशमलव २५ अंकले बढेर २ हजार ५ सय ४७ दशमलव ६० विन्दुमा पुगेर बन्द भएको हो । त्यस्तै, सोमबार ४ अर्ब ९७ करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा २ सय कम्पनीको शेयर मूल्य बढ्दा ४४ वटाको घटेको हाे । त्यस्तै, ८ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

3 कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । जसमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, नेपाल रिइन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स रहेका हुन् । यी तीन वटै कम्पनीको शेयर मूल्यमा साकारात्मक सर्किट लागेको छ। कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले सर्वाधिक कारोबार गुमाएका हुन्। यस कम्पनीको शेयर मूल्य ५ दशमलव २६ प्रतिशतले घटेको छ ।

एनआरएन इन्फाइन्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताको सर्वाधिक कारोबार भएको छ। यस कम्पनीको ३१ करोड ९१ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको हाे ।