
काठमाडाैं ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग आज जेन-जी का प्रतिनिधिहरुले छलफल गर्दैछन् ।
अन्तरिम सरकारमा मन्त्रीमण्डल विस्तार, आफूहरुका मागहरु पूरा हुन नसकेको बारेमा राष्ट्रपति पौडेलसँग छलफल हुने भएको हो । गत शनिवार राष्ट्रपति पौडेलसँग वार्ता गर्ने भनेपनि पौडेल बिरामी परेकाले वार्ता हुन सकेको थिएन ।
वार्ता आजका लागि सारिएको थियो । आज राष्ट्रपति भवन शितल निवासमा जेन-जी प्रतिनिधिहरुसँग छलफल हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्