Logo २९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026


सुन तस्करी प्रकरण : पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन र उनका छोरामाथि पनि अनुसन्धान


3k
Shares

काठमाडौं ।

विद्युतीय चुरोट (भेप)मा सुन लुकाएर गरिएको तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति तथा माओवादी केन्द्रका उपाध्यक्ष नन्दबहादुर पुन (पासाङ) र उनका छोराहरूको संलग्नतामाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ।

यसअघि माओवादी केन्द्रकै उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परिसकेका छन्।

पुनका जेठा छोरा जितेन्द्रले चिनियाँ गिरोहसँग मिलेर ताक्लाकोटमा चार किलो सुन बुझेको समाचार बाहिरिएको थियो भने कान्छा छोरा दीपेश पुन ९ र ६१ किलो सुन तस्करी प्रकरणमा मुछिएका छन्।

दीपेश सहकारी ठगी र भुटानी शरणार्थी प्रकरणमा समेत आरोपी हुन् भने हाल फरार रहेका छन्। पुनको सचिवालयमा कार्यरत जीवनकुमार गुरुङ र आफन्त अमला रोका समेत यस प्रकरणमा मुछिएकाले प्रहरी अनुसन्धानको घेरामा छन्।