
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले महरालाई काठमाडौंबाट पक्राउ गरिएको पुष्टि गरेको छ । भेपको बट्टाभित्र ९ किलो सुन तस्करी प्रकरणमा उनी पक्राउ परेका हुन् । केहीदिन अघि मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महरासँग बयान लिएको थियो ।
महरा बयान दिन गत बिहीबार महरा टंगालस्थित अख्तियारको केन्द्रीय कार्यालयमा उपस्थित भएका थिए । उनीसँग सुन तस्करी प्रकरणमा तत्कालीन भन्सार प्रमुख र अन्य कर्मचारीहरूसँगको भनसुनको बारेमा सोधपुछ गरिएको थियो ।
यसअघि महरा यसै प्रकरणमा पक्राउ परेका थिए भने पछि धरौटीमा रिहा भएका थिए । उनका छोरा राहुल महरा पनि यस मुद्दामा पक्राउ परेका थिए ।
प्रतिक्रिया दिनुहोस्