Logo २९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026


झापाका बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा कुलमान


195
Shares

काठमाडौँ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री तथा भौतिक पूर्वाधार, यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार बिहान झापाका बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन् ।

मन्त्री घिसिङले कनकाई नदी र विरिङ नदीले क्षति पुर्‍याएको अर्जुनधारा नगरपालिका र झापा गाउँपालिकामा रहेको पुल तथा बस्तीहरूको निरीक्षण गरेका हुन्।

इलामका बाढी र पहिरो प्रभावित क्षेत्रको अवलोकन गरेर फर्कने क्रममा मन्त्री घिसिङले अर्जुनधारा नगरपालिकाको बुट्टाबारीबाट सालबारी हुँदै चियापानीबाट कालिस्थान जोड्ने सडक र मङ्गलमडी मार्गको स्थलगत अवलोकन गरेका छन् ।

झापा गाउँपालिका अन्तर्गत हुलाकी सडकखण्डमा बन्दै गरेको कनकाईमाई खोलाको पुल र वर्षाका कारण दबिएको सानोमाई पुल तथा आसपासका क्षेत्रको निरीक्षण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले जानकारी दिएका छन्।

अवलोकनका क्रममा मन्त्री घिसिङले झापा गाउँपालिका–२ का बाढी प्रभावित स्थानीयवासीसँग संक्षिप्त अन्तरक्रिया पनि गरेका थिए।