Logo ११ फाल्गुन २०८२, सोमबार | Tue Feb 24 2026


कपनमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु


1.5k
Shares

काठमाडौं ।
बुढानिलकण्ठ नगरपालिका-११ कपन पैयुटारमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ।

सोलुखुम्बु खुम्बु पासाङल्हामु गाउँपालिका-१ घर भई हाल काठमाडौँ कपन बस्ने २५ वर्षीय पासाङ निङमा शेर्पा गम्भीर घाइते भएका थिए।

गम्भीर घाइते शेर्पालाई उपचारका लागि केएमसी अस्पताल, सिनामंगल पुर्‍याइएको थियो। तर उपचारको क्रममा उनको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

बा. ८१ प ७३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएकाे हाे ।

Skip This