Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


गाजाबाट रिहा हुने बन्धकको सूचीमा नेपाली विपिन जोशी पनि


12k
Shares

काठमाडौं ।
इजरायल र हमासबीचको युद्धविराम योजनाअनुसार गाजाबाट सोमबार बन्धकहरू रिहा गरिने भएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार हमासको नियन्त्रणमा रहेका २२ जना जीवित बन्धकमध्ये नेपाली नागरिक विपिन जोशी पनि रहेको पुष्टि भएको छ ।

यसअघि विपिनसहित दुई जनाको अवस्था अज्ञात रहेको समाचार सार्वजनिक भएको थियो। टाइम्स अफ इजरायल, एपी लगायतका सञ्चारमाध्यमहरूले सार्वजनिक गरेको सूचीमा विपिनको नाम उल्लेख गरिएको छ।

शुक्रबारदेखि लागु भएको युद्धविरामअनुसार सोमबारदेखि मंगलबारसम्म बन्धकहरू रिहा हुने छन्। इजरायलले सोही सन्दर्भमा दुई हजार प्यालेस्टिनी कैदी रिहा गर्ने तयारी गरेको छ। विपिनसहित २२ जना बन्धक जीवित अवस्थामा रहेका र उनीहरूलाई फिर्ता ल्याउने प्रक्रिया अघि बढाइएको जनाइएको छ ।

नेपालसहित विश्वभरबाट विपिनको सुरक्षित फर्किनेतर्फ आशा व्यक्त गरिएको छ।