Logo ३१ आश्विन २०८२, शुक्रबार | Sat Oct 18 2025


नेपाली नोटमा नेपाल संवत् उल्लेख गर्न सकिन्छः प्रधानमन्त्री कार्की


949
Shares

काठमाडौं ।

प्रधानमन्त्री सुशीला कार्कीले नेपाल राष्ट्र बैङ्कबाट निष्कासन गरिने नेपाली नोटमा नेपाल संवत् उल्लेख गर्न सकिने बताउनुभएको छ ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानका अधिकारीहरुसँग बोल्दै प्रधानमन्त्री कार्कीले अर्थमन्त्रीमार्फत नेपाल राष्ट्र बैङ्कको गभर्नरसँग छलफल गरी सरकारले नेपाली नोटमा नेपाल संवत् प्रयोग गर्नेबारे छलफल गर्ने बताउनुभएको हो ।

भेटमा उहाँले पाँच सय रुपैयाको नोट छपाइका लागि विधिवत् रूपमा गइसकेको हुनाले अब निष्कासन हुन बाँकी नोटमा नेपाल संवत् प्रयोग गर्न सकिने बारेमा छलफल गरी निर्णय लिने उहाँले जानकारी दिनुभयो ।

नेपाल संवत् नेपालको मौलिक संवत् भएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले नेपाल संवत् र राष्ट्रिय विभूतिबारे विशेष चासो दिनुभएको थियो ।