Logo ३१ आश्विन २०८२, शुक्रबार | Sat Oct 18 2025


उत्तर कोरियामा मिसाइल प्रदर्शन


0
Shares

काठमाडाैं ।

उत्तर कोरियाले आफ्नो सत्तारुढ वर्कर्स पार्टीको ८०औँ वार्षिकोत्सवको अवसरमा आयोजित भव्य सैन्य परेडमा अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइल प्रदर्शन गरेको छ ।

अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार उक्त परेडमा रूस र चीनका उच्च अधिकारीहरू पनि उपस्थित थिए । परेडमा नेता किम जोङ उनले व्यक्तिगत रूपमा नेतृत्व गरेको बताइएको छ ।

हालै युक्रेनमा भइरहेको युद्धले जोङलाई मस्कोसँग अझ निकट बनाएको देखिन्छ । उत्तर कोरियाले रूसको सेनासँगै लड्न हजारौँ सैनिक पठाइसकेको र त्यसको प्रतिफलस्वरूप रूसबाट महत्वपूर्ण सहयोग प्राप्त गरेको बताइन्छ ।

रूसी सुरक्षा परिषद्का उप–प्रधान तथा राष्ट्रपति भ्लादिमिर पुटिनका निकट सहयोगी दिमित्री मेदभेदेव, चिनियाँ प्रधानमन्त्री ली किआङ र भियतनामका नेता टो लाम परेडमा सहभागी भएका थिए । उक्त परेडमा देशका अत्याधुनिक हतियारहरू प्रदर्शन गरिएको थियो, जसमा नयाँ ह्वासोङ–२० आईसीबीएम पनि समावेश थियो ।

केसिएनएले यस मिसाइललाई ‘सबैभन्दा शक्तिशाली आणविक रणनीतिक हतियार प्रणाली’ भनेर वर्णन गरेको छ । केसिएनएका अनुसार लामो दूरीका रणनीतिक क्रूज मिसाइल, ड्रोन प्रक्षेपण सवारी साधन, जमिनदेखि हावा र जमिनदेखि जमिन मिसाइललगायत विशेष हतियारहरू क्रमशः परेडमा देखाइएका थिए ।