Logo २९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026


एमालेको सचिवालय बैठक आज बस्दै, यी हुन् एजेन्डा


806
Shares

काठमाडौँ ।

 नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित निवासमा आज ११ः०० बजे बस्दै छ।

यसअघि शनिबारका लागि तय गरिएको बैठक अध्यक्ष केपी शर्मा ओली स्वास्थ्यमा समस्या आएकाले बैठक आजका लागि सारिएको थियो ।

यसअघि शुक्रबार बसेको सचिवालय बैठकमा पार्टीको महाधिवेशन छिट्टै आयोजना गर्नेबारे विस्तृत छलफल गर्दै महाधिवेशनमार्फत उठेका सबै प्रश्नको समाधान खोज्ने र नयाँ ढङ्गले पार्टीलाई अघि बढाउने निष्कर्ष निकालेको थियो।