
काठमाडौं ।
नेपाली काँग्रेसका नेता डा.शशांक कोइरालाले केन्द्रिय कार्य समिति तत्काल विघटन गर्न पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गर्नुभएको छ ।
शनिवार पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सभापति देउवालाई कार्यबहाक सभापतिको जिम्मेवारी तोक्न पनि सुझाव दिनुभयो ।
नेता कोइरालाले आगामी मंसिरमा पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने भएकाले देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी अरुलाई दिएर महाधिवेशनको मिति तय गर्ने वातावरण बनाउनुपर्ने बताउनु भयो । उहाँले मंसीरसम्ममा पार्टीको नियमित महाधिवेशनको मिति तय हुने विश्वास समेत व्यक्त गर्नुभयो ।
नेता कोइरालाले भन्नुभयो, ‘विशेष महाधिवेशन होइन कि नियमित महाधिवेशन गर्नु पर्छ । मैले शेरबहादुरजीलाई भने– यो मेरो व्यक्तिगत विचार हो । मैले उहाँलाई के भने भने तपाई विघटन गर्नुस । एक जनालाई कार्यबहाक सभापति दिनुस । उनले गठन गर्दछन । र उनले मिति तय गर्दछन । मलाई लाग्दछ–मंसिरसम्ममा मिति तय होला भन्ने मेरो भावना हो ।’ नेता कोईरालाले अब बन्ने कार्यवाहक सभापतिले पार्टीको आगामी महाधिवेशनको मिति तय गर्ने पनि बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्