Logo ३१ आश्विन २०८२, शुक्रबार | Sat Oct 18 2025


यमनका हुथीहरूले भनेः गाजाले जित्यो सम्झौता तोडिए फेरि तयार छौँ


3.4k
Shares

काठमाडाैं ।

यमनको हुथी समूहका हजारौं समर्थकहरूले शुक्रवार राजधानी सानामा इजरायल र हमासबीचको युद्धविरामको उत्सव मनाउन जुलुस निकालेका छन् । यसलाई प्यालेस्टिनीहरूको विजय रुपमा लिएका छन् ।

बिहीवार घोषणा गरिएको युद्धविराम अमेरिका–समर्थित २०–बुँदे शान्ति योजनाको पहिलो चरण हो । प्रारम्भिक चरण अन्तर्गत इजरायलले सबै बन्धकहरूको फिर्तीको बदलामा लगभग २ हजार प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने अपेक्षा गरिएको छ ।

युद्धविरामलाई हमासको विजयको रूपमा वर्णन गरिएको छ । इजरायलले सम्झौता उल्लङ्घन गरेमा समूह उच्च शतर्कतामा रहने चेतावनी दिइएको छ ।

हुथी विद्रोहीद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले यस हप्ता नोभेम्बर २०२३ देखि उत्तरी यमनमा अमेरिका, बेलायत र इजरायली हवाई आक्रमणमा ३ सय १९ जनाको मृत्यु भएको छ । १ हजार ३ सय ५७ जना घाइते भएका छन् । जसमध्ये धेरैजसो सर्वसाधारण छन् ।