Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


जिप दुर्घटना ११ जना घाइते


117
Shares

हुम्ला ।

हुम्लाको चङ्खेली गाउँपालिकाको पिप्लाङ नजिकै बोलेरो जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

आज सोही गाउँपालिकाको मेल्छामबाट पिप्लाङ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ च १०९१ नम्बरको जिप बेसी खोलाको गोरुठेक्ना भन्ने ठाउँमा दुर्घटना हुँदा जीपमा सवार १२ जनामध्ये ११ घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जङ्गबहादुर सिंहले जानकारी दिनुभयो ।

जिप सडकबाट अन्दाजी ३०० मिटर तल खसेको जनाइएको छ । घाइते हुनेमा चङ्खेली(६ की १४ वर्षीया बिमला बुढा, २४ वर्षीय दिपेन्द्र सिंह, सोही ठाउँका अन्दाजी आठ वर्षीया अनुपमा रोकाया, दुई वर्षीय दिवाङ्स बुढा, सिमकोट-८ का अन्दाजी चार वर्षीया जागृति रोकाया, सोही ठाउँका अन्दाजी २९ वर्षीय मनवीर बुढा, ३६ वर्षीय महेन्द्र रोकाया, करिब २९ वर्षीया वसन्ती रोकाया, सोही गाउँपालिकाकी अन्दाजी २६ वर्षीया पार्वती सिराहा, २४ वर्षीय हँस लामा, करिब २९ वर्षीय कैलाश सिराहा र २९ वर्षीय बहादुर लामा घाइते भएका छन् ।

घाइतेमध्ये केहीको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको र केहीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत अन्यत्र पठाउन लागिको गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाप्रमुख टिका उपाध्यायले जानकारी दिनुभयो ।

Skip This