Logo १ बैशाख २०८३, मंगलबार | Tue Apr 14 2026


काठमाडौँमा पूर्व स्वीकृति बिना सभा–र्‍याली गर्न नपाइने


364
Shares

काठमाडाैं ।

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले आगामी शनिबारका लागि कुनै पनि प्रकारका मोटरसाइकल र्‍याली, सभा वा प्रदर्शन गर्न नपाइने निर्णय गरेको छ।

शुक्रबार प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलको हस्ताक्षरमा जारी गरिएको अत्यन्त जरुरी सूचनामा भनिएको छ कि— शनिबार विभिन्न समूहहरूले काठमाडौंका फरक–फरक स्थानमा मोटरसाइकल र्‍याली र सभा आयोजना गर्ने जानकारी प्रशासनलाई प्राप्त भएकाले त्यस्ता गतिविधिलाई स्वीकृति नदिने निर्णय गरिएको हो।

गत भदौ २३ गतेको “जेनजी आन्दोलन” पछि तोडफोड, आगजनी र सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुगेका घटनाको स्मरण गराउँदै प्रशासनले यस पटक शान्ति–सुरक्षा कायम राख्ने, सार्वजनिक सम्पत्ति जोगाउने र सेवा प्रवाहलाई अवरोध हुन नदिने उद्देश्यले यस्तो निर्णय लिएको स्पष्ट गरेको छ।