
एजेन्सी ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बिहीवार युद्धविराम सम्झौताको घोषणापछि गाजावासीहरूलाई मानवीय राहत बढाउन विश्व निकाय तयार रहेको बताउनुभएको छ ।
राष्ट्रपति डोनाल्ड जे.ट्रम्पले प्रश्तुत गर्नुभएको प्रश्तावको आधारमा गाजामा युद्धविराम र वन्धकहरूको रिहाइ सुनिश्चित गर्ने सम्झौताको घोषणालाई आफूले स्वागत गरेको बताउनुभयो ।
संयुक्त राज्य अमेरिका, कतार, इजिप्ट र टर्कीको कूटनीतिक प्रयासको प्रशंसा गर्नुभयो । यस क्षणको लागि धेरै लामो समय पर्खिएको बताउँदै यसलाई कसैले बिर्सन नहुने बताउनुभयो ।
सबै पक्षहरूलाई सम्झौताका शर्तहरू पूर्ण रूपमा पालना गर्न र यसले प्रश्तुत गर्ने अवसरहरूलाई पूर्ण रूपमा स्वीकार गर्न आग्रह गर्नुभयो । सबै वन्धकहरूलाई सम्मानजनक तरिकाले रिहा गरिनुपर्ने माग गर्नुभयो ।
स्थायी युद्धविराम सुनिश्चित गर्नुपर्ने र सधैँको लागि बन्द हुनुपर्ने बताउनु भयो । संयुक्त राष्ट्र संघले यसको पूर्ण समर्थन प्रदान गरेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्