Logo ३१ आश्विन २०८२, शुक्रबार | Fri Oct 17 2025


कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दै


572
Shares

काठमाडाैं ।

विहीबारदेखि सुरु भएकाे नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक आज पनि बस्ने भएको छ ।

शभापति शेरबहादुर देउवाको उपस्थिती बिना नै बससेको हिजोको बैठकमा पदाधिकारीहरुले धारणा राख्ने क्रम नसकिएकाले आज पनि बस्ने भएको हो ।

पार्टी उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको हिजोको बैठकबाट जेनजी आन्दोलनमा व्यक्तिका निजी सम्पत्ति, नेता तथा व्यवसायी, राष्ट्रिय सम्पत्तिमाथि आगजनी गर्नेलाई कारबाहीमा ल्याउनुपर्छ भन्ने कांग्रेसको धारणा सार्वजनिक भएको थियो ।

अराजकतालाई कारबाही नगर्दा पुँजी पलायन हुने खतरा बढेको उल्लेख गर्दै अराजकतालाई प्रोत्साहन गर्ने गरी गृह मन्त्रालयले सार्वजनिक गरेको घटनाप्रति कांग्रेसले असन्तुष्टि जनाएको थियो । हिजोको बैठकपछि बोल्दै कांग्रेस प्रवक्ता डाक्टर प्रकाशशरण महतले निर्वाचनका लागि कांग्रेस जहिले तत्पर रहेको भन्दै विश्वसनीय निर्वाचनका लागि सरकार गम्भीर नभए संसद् पुनःस्थापनाको विकल्प हुन सक्ने धारणा राखेका थिए ।

पार्टीको अधिवेशनको विषयमा केन्द्रित बैठकमा नेताहरुबीच नियमित महाधिवेशन गर्ने कि नगर्ने ठोस निष्कर्ष निस्कन सकेको थिएन । यसअघि विशेष महाधिवेशनका लागि भन्दै हस्ताक्षर अभियान चलाएका पार्टी महामन्त्री गगन थापा समेत सो मुद्धाबाट पछि हट्दै पदाधिकारी बैठकमा नियमित महाधिवेसनका पक्षमा प्रस्ताव पेश गर्नुभएको थियो ।

विषयमा आज पनि छलफल हुने जनाइएको छ । जेन–जी आन्दोलनको क्रममा भएको लुटपाट र आगजनी तथा राष्ट्रिय राजनीतिको विषयमा पार्टीले यही असोज २६ गते बस्ने कार्यसमिति बैठकबाट आफ्नो धारणा सार्वजनिक गर्ने तयारी गरीरहेको छ ।