
काठमाडाैं । काठमाडौंको कालीमाटी तरकारी बजारमा बिक्रीमा राखिएका तरकारीमा अत्यधिक विषादी भेटिएको छ ।
कालीमाटी फलफुल तथा तरकारी समितिले कालीमाटी तरकारी बजारमा गरेको नियमित अनुगमनका क्रममा तरकारीमा विषादी भेटिएको हो ।
समितिका सदस्य सुस्मिता थापाले अनुगमनका क्रममा काँक्रोमा ५२ दशमलव २ प्रतिशत, घिरौंलामा ६५ दशमलव ३ र फर्सीमा ४५ दशमलव ५९ प्रतिशत विषादी भेटिएको जानकारी दिनुभयो ।
अत्यधिक मात्रामा विषादी भेटिएका तरकारी खानयोग्य नहुने समितिले जनाएको छ । व्यापारीहरुले विभिन्न जिल्लाबाट ल्याएका तरकारीहरु कालीमाटीलगायतका बजारमा बिक्री वितरण गर्दै आएका छन् ।
समितिले अनुगमन गरेपछि व्यापारीहरुले विषादी भेटिएका तरकारीलाई फाल्ने गरिएको दाबी गरेका छन् । घिरौला, काँक्रो र फर्सीलगायतका तरकारीमा अर्गानोफस्फेट नामक विषादी भेटिएको समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्