Logo २३ आश्विन २०८२, बिहिबार | Thu Oct 9 2025


धरौटी बुझाएर रिहा भए अशोक यादव


0
Shares

रौतहट ।

जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशका अध्यक्ष अशोक कुमार यादव धरौटी बुझाएर रिहा भएका छन् ।

सर्लाही जिल्ला अदालत मलङ्गवामा उपस्थित भएका यादवलाई न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले एक लाख ६० हजार रुपियाँ धरौटी लिएर छाड्न आदेश दिएको हो ।

सर्लाही जिल्ला अदालतका श्रेस्तेदार ज्ञानबहादुर खत्रीले राजद्रोहको मुद्दामा एक लाख, सार्वजनिक सेवा अवरोध गरेको र आपराधिक उपद्रव मुद्दामा ३०/३० हजार गरी एक लाख ६० हजार रुपियाँ धरौटी माग भएको बताए ।

गत असार १९ गते राति सर्लाहीका प्रहरी प्रमुख (एसपी) योगेन्द्रकुमार खड्का र यादवबीच गालिगलौचको टेलिफोन संवाद बाहिरिएपछी भदौ २५ गते प्रहरीले पक्राउ गरेको थियो ।

पूर्व मधेश प्रदेशसभा सदस्यसमेत रहेका यादवलाई जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा भएकै बेला आमाको निधन भएपछि असोज ३ गते काजकिरिया गर्न भनी प्रहरीले छाडेको थियो आमाको काजकिरिया सकेर बिहिवार आफै यादवसँग अदालतमा उपस्थित भएका हुन् ।

उनले अदालतले न्याय दिएको बताएका छन् । अन्याय, अत्याचार र भ्रष्टाचारको विरोधमा बोल्दा उल्टै आफूविरुद्ध राज्यले अनेक लाञ्छना लगाएर मुद्दा दायर गरेको आरोप समेत लगाए । प्राविधिक कार्यालय मलङ्गवामा आर्थिक अनियमितता गरी रातभर काम भएको विषयमा विवाद भएको थियो ।