Logo २३ आश्विन २०८२, बिहिबार | Thu Oct 9 2025


सरकारले अराजकतालाई प्रवर्द्धन गर्ने मतियारकाे रूपमा काम गरेकाे महासचिव पोखरेलकाे आराेप

मुलुकलाई वैदेशिक चलखेलको क्रिडास्थल बनाउने प्रयास

156
Shares

काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले अराजकतालाई प्रवद्र्धन गर्ने मतियारको रुपमा काम गरिरहेको आरोप लगाउनुभएको छ ।

एमाले भक्तपुर जिल्ला कमिटीले बिहीबार गुण्डुमा आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे आरोप लगाउनुभएको हो । महासचिव पोखरेलले शान्ति सुरक्षा कायम गर्ने कर्तव्यबाट सरकार च्यूत भएको जिकिर समेत गर्नुभयो। उहाँले जेनजी प्रदर्शनपछि नेपाली समाज असुरक्षा, भय र आतंकमा बाँच्नुपर्ने बिडम्वनापूर्ण अवस्थामा रहेको पनि उल्लेख गर्नुभएकाे छ।

महासचिव पोखरेलले मुलुकलाई वैदेशिक चलखेलको क्रिडास्थल बनाउने प्रयास भइरहेको समेत बताउनुभयो