Logo १९ माघ २०८२, सोमबार | Mon Feb 2 2026


धनुषामा एक किशोरीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ


364
Shares

काठमाडाैं । धनुषामा एक जना किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका-७ जिरोमाइलका २१ वर्षीय दीपक राउत रहेकाे जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएकाे हाे । उनलाई प्रहरीले गत मंगलबार पक्राउ गरेर अनुसन्धान अघि बढाएको प्रहरीले बताएकाे छ। युवतीलाई भने सेफ हाउसमा राखिएको छ ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार राउतले झापाको दमककी एक १७ वर्षीया किशोरीलाई फकाइ जनकपुर बोलाएर एक होटेलमा राखेर आफूसहित केही केटा लगाएर बलात्कार गराएको आरोप छ।

राउतले मोबाइलमा अन्य युवतीसँग पनि कुराकानी गरेको, युवतीको अश्लील भिडियो राखेको र लागूऔषधको तस्बिरहरू राखेको पाइएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले जानकारी गराएका हुन् ।