
काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले राज्यविरुद्धको अपराधमा गृहमन्त्री ओमप्रकाश अर्याललाई तत्काल गिरफ्तार गर्नुपर्ने बताउनुभएकाे छ।
नेता बर्तौलाले बिहीबार बिहान सामाजिक सञ्जाल मार्फत यस्ताे बताउनुभएकाे हाे । गृहमन्त्री अर्याल व्यक्तिका घर, व्यावसायिक भवन तोड्फोड, आगजनी र लुटपाट गर्न लगाउने कामका प्रायोजित उत्प्रेरक रहेको उहाँकाे दावी छ। मन्त्री अर्यालले सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत , अख्तियार भवन र प्रहरी चौकी लगायतमा आगो लगाएर ध्वस्त बनाउन राष्ट्रविरुद्ध परिचालित- निर्देशित मतियार भएको समेत उहाँकाे दावी थियाे ।

‘
प्रतिक्रिया दिनुहोस्