Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीकाे बैठक आज बस्दै

पार्टीको महाधिवेशन र संसद पुनः स्थापनाको बारेमा बैठकमा छलफल गरिंने

767
Shares

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीसहितका शीर्ष नेताहरुको बैठक बस्ने भएको छ ।

कांग्रेसका एक पदाधिकारीका अनुसार पदाधिकारी बैठक ललितपुरमा बिहीबार दिउँसाे १ बजे बस्ने भएकाे हाे। तर कुन ठाउँमा भन्ने खुलाइएको छैन। पार्टी केन्द्रीय कार्यसमितिको बैठकका एजेण्डा तय गर्न बैठक बस्न लागेको हो। केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत हुने एजेण्डाका विषयमा छलफल गर्न बैठक बस्न लागेकाे केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले बताउनुभयाे ।

पार्टीको नियमित महाधिवेशन गर्ने एजेण्डादेखि निर्वाचन र संसद पुनः स्थापनाको मुद्दामा समेत बैठकमा छलफल हुने भएकाे छ। पार्टीको केन्द्रीय कार्यसमिति बैठक यहि असोज २६ गते बस्ने कांग्रेसले जनाएकाे हाे।