Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


विपिन जोशी बन्धक बनेको भिडियो क्लिप आज सार्वजनिक हुँदै


5.3k
Shares

काठमाडौं । हमासकाे कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको बन्धक बनेको भिडियो क्लिप बुधबार सार्वजनिक हुने भएको छ ।

विपिनको परिवारले सन् २०२३ को अन्त्यतिर बन्धकमा रहेकाे समयमा खिचिएको उनको भिडियोको एक अंश सार्वजनिक गर्न लागेको हो। बन्धक बनेका परिवारको सदस्य रहेको ‘होस्टेज फ्यामेली फोरम’ ले उक्त जानकारी गराएको हो ।

इजरायलमा कृषि अध्ययन गरिरहेका विपिनलाई सन् २०२३ अक्टोबर ७ तारिखमा हमास नेतृत्वको आक्रमणका क्रममा आतंकवादीहरूले अपहरण गरी गाजामा लगेका थिए।