Logo २२ आश्विन २०८२, बुधबार | Wed Oct 8 2025


अनेरास्ववियुको जाहेरीमा अस्पष्ट र केरमेट भएका कारण बुझिएन: प्रहरी

अर्को जाहेरी सच्याएर ल्याएमा आयोगमा पठाउने

4.3k
Shares

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले मंगलबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र हामी नेपालका संस्थापक सुधन गुरुङविरुद्ध दिएको जाहेरीलाई प्रहरीले थाति राखेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले २४ घण्टाभित्र निर्णय लिने भनिएकोमा जाहेरी अस्पष्ट र केरमेट भएका कारण नबुझिएकोअघि नबढाएको जनाएकाे हाे। अनेरास्ववियुकाे टोलीले मंगलबार सिंहदरबार लगायत राष्ट्रका सम्पदाहरु ध्वस्त पारेको, निजी सम्पत्तिहरूमा आगजनी गरेको र प्रहरी हत्या गरेकोमा मेयर बालेन र सुधनविरुद्ध जाहेरी दिने प्रयास गरेको थियो । प्रहरीले जाहेरी बुझे पनि दर्ता गर्न नमानेकाे हाे । २४ घण्टाभित्र निर्णय लिइने भनेर अनेरास्ववियुकाे टोलीलाई फर्काइएको थियो ।

मेयर बालेन र सुधनविरुद्ध अर्को जाहेरी पनि आएको र जुन चर्चित अभियन्ता युवराज सफलले दिएकाे प्रहरीले बताएकाे छ । साेही जाहेरी पनि दर्ता भएको नभएकाे र गत भदाै २३ र २४ को घटनासँग सम्वन्धित सबै जाहेरीहरु जाँचबुझ आयोगलाई पठाइने प्रहरीले बताएको छ ।

अनेरास्ववियुकाे जाहेरी स्पष्ट नभएका कारण अर्को सच्याएर ल्याएमा भने आयोगमा पठाउने समेत प्रहरीले बताएकाे छ। युवराज सफलको अर्को जाहेरी आएको र त्यो लिएर हेरिरहेकाे प्रहरीकाे भनाइ छ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध पनि मंगलबार जाहेरी परेको थियो । साेही जाहेरी पनि आयोगमा पठाएको प्रहरीले बताएकाे छ ।