Logo २२ आश्विन २०८२, बुधबार | Wed Oct 8 2025


निर्वाचन आयाेगले आगामी निर्वाचन सम्बन्धी छलफलका गर्न राजनीतिक दललाई बाेलायाे


754
Shares

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन सम्बन्धी छलफलका लागि राजनीतिक दलहरूलाई बोलाएको छ।

आगामी फागुन २१ गते तय भएको निर्वाचन सम्बन्धी छलफलका लागि यहि असोज ३० गते राजनीतिक दलहरूलाई बोलाइएको आयाेगले जनाएकाे हाे। आयोगले यसअघिका निर्वाचनमा वडा सदस्यसम्म निर्वाचित दलका प्रतिनिधिहरूलाई छलफलमा बोलाएको थियाे।

आयोगले यसअघि नै निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ। आयोगले दलहरूसँग छलफल नै नगरी कार्यतालिका सार्वजनिक गरेको भन्दै प्रमुख राजनीतिक दलहरुले असन्तुष्टि जनाउँदै आएका छन् ।त्यसपछि बाध्य भएर राजनीतिक दलहरुलाई आयाेगले छलफलका लागि बाेलाएकाे हाे ।