
काठमाडाैं । काभ्रेमा बसले ट्रकलाई ठक्कर दिंदा ८ जना घाइते भएका छन् ।
पाँचखाल नगरपालिका-६ मा बुधबार साेही दुर्घटनामा परी घाइते भएका ८ मध्ये ट्रकमा सवार ३ जनाको अवस्था भने गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएकाे हाे । काठमाडौंबाट बाह्रबिसेतर्फ जाँदै गरेको बा २ ख ६५७९ नम्बरको बसले सोही दिशा तर्फ जाँदै गरेको सडक विभागको बा ५ ख ६८३ नम्बरको आइचर ट्रकलाई पाँचखाल नगरपालिका-६ दुलालथोकमा ठक्कर दिएको थियो ।
बसले ठक्कर दिंदा ट्रक अनियन्त्रित भएर सडकबाट ३० मिटर तल खसेको थियो । साेही दुर्घटनामा परी ट्रकका ६ जना र बसका २ जना यात्रु घाइते भएकाे प्रहरीले बताएकाे छ।
प्रतिक्रिया दिनुहोस्