Logo १२ चैत्र २०८२, बिहिबार | Fri Mar 27 2026


बालेन शाह र सुदन गुरूङविरूद्ध फेरी अर्को जाहेरी दर्ता


8.6k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र हामी नेपालका संस्थापक सुदन गुरूङविरूद्ध अर्को जाहेरी दर्ता भएकाे छ।

युवराज सफल भनिने युवराज पौडेलले बुधबार मेयर शाह र संस्थापक गुरूङविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे हाे। पौडेलले दुवै जनाविरुद्ध राजद्रोह गरेको कसुरमा जाहेरी परिसरमा दिइएको प्रहरीले बताएकाे छ। साेही जाहेरीलाई गत भदौ २३ र २४ गतेको जेनजी युवाकाे आन्दाेलनका क्रममा घटेकाे घटन सम्बन्धी बनेको जाँचबुझ आयोगमा पठाउने तयारी भएकाे प्रहरीले बताएकाे हाे।

त्यस्तै, मंगलबार नेकपा एमालेनिकट विद्यर्थी संगठन अनेरास्ववियुले पनि मेयर बालेन र संस्थापक गुरूङविरूद्ध जाहेरी दिएको थियो। त्यसलाई पनि आयोगमै पठाउने तयारी भएकाे प्रहरी परिसर काठमाडौंले जनाएकाे छ।