Logo २१ आश्विन २०८२, मंगलबार | Tue Oct 7 2025


सिन्धुपाल्चोकमा बस दुर्घटना, २१ जना घाइते


1.1k
Shares

काठमाडाैं। सिन्धुपाल्चोकमा मंगलबार साँझ बस दुर्घटना भएको छ।

चरिकोट-खाडीचौर सडक खण्डको सुनकोशी-७ पाँचकिलोमा बस दुर्घटना हुँदा २१ जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएकाे हाे । रामेछापको खाडादेवी गागलभदौरे ८ बाट चरिकोट हुँदै काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख २५२१ नम्बरको बस अनियन्त्रित भई सडकको भित्तामा ठक्कर खाएर दुर्घटना भएको प्रहरीले बताएको छ ।

प्रहरी चौकी लामोसाँघुबाट अशोक महतोको नेतृत्वमा ट्राफिक सहित गएको टोलीले घटनास्थल पुगेर चालक, ३ जना नाबालक समेत गरी २१ जना घाइतेलाई उद्वार गरी उपचारका लागि सिन्धु सदाबहार अस्पताल खाडीचौर पठाइएको प्रहरीले बताएको छ।

सबै घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरी कार्यालयले जनाएकाे हाे ।