Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


अनेरास्ववियुले बालेन र सुदनविरूद्ध दिएकाे जाहेरी प्रहरीले बुझ्यो, दर्ता हुन भने बाँकी


2.7k
Shares

काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका नेताहरूले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध प्रहरीमा जाहेरी दिएका छन् ।

उनीहरुले मंगलबार साँझ जिल्ला प्रहरी परिसर काठमाडाैमा पुगेर साेही जाहेरी दिएका हुन् । प्रहरीले जाहेरी बुझेको र सरकारी वकिलसँग छलफल गरेर दर्ता गर्ने/नगर्ने २४ घण्टाभित्र निर्णय लिने जानकारी दिएको अनेरास्ववियुले जनाएकाे छ । कानूनी राज्यको पक्षधर विद्यार्थी भएकाले विधिको शासनको वकालत गर्दै प्रहरीकमा जाहेरी दिएको अनेरास्ववियुका नेताहरुले बताएका छन्।

सरकारी वकिलसँगको परामर्शपछि प्रहरीले लिने निर्णयपछि नै आफूहरूले पनि थप निर्णय लिने उनीहरुकाे तर्क थियाे । अनेरास्ववियुले सिंहदरबार लगायत सरकारी संरचनामा आगजनी र ताेड्फाेड गरिएको, निजी सम्पत्ति ध्वस्त गरिएको र प्रहरीहरूको हत्या गरिएकोमा मेयर बालेन र जेनजीका संस्थापक गुरुङलाई आरोपित गरेकाे छ।