
काठमाडाैं । गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश र बाँकी पहाडी-तराईका भू-भागमा मंगलबार दिउँसाे भने साधारणतया माैसममा बदली भइरहेकाे छ।
गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका पहाडी-तराईका भू-भागका केही स्थानहरूमा मेघगर्जन-चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको हाे । कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका केही स्थानहरूमा हिमपातको समेत सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे।
त्यस्तै, मंगलबार राति भने कोशी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश र बाँकी पहाडी भू-भागमा साधारणतया बदली हुने भएकाे छ। साथै बाँकी तराई भू-भागमा भने आंशिक बदली रहने भएकाे हाे । लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, कोशी र बाँकी पहाडी-तराई भू-भागका केही स्थानहरूमा मेघगर्जन-चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको पश्चिमी भू-भागका केही स्थानहरूमा पश्चिमी वायूको प्रभाव रहेकाे हाे। साथै बाँकी भू-भागमा भने मनसुनी वायूको कमजोर प्रभाव रहेको महाशाखाले जनाएकाे छ।
प्रतिक्रिया दिनुहोस्