
काठमाडौं । इलाममा नेपाली सेनाको हेलिकाेप्टर मार्फत ४ जना गर्भवती महिलाको उद्धार गरिएको छ ।
सरकारले गर्भवती तथा सुत्केरीका लागि सञ्चालन गरेको हवाई उद्धार कार्यक्रम अन्तर्गत साेमबार इलामको माईजोगमाई–५ सिरसिरे, इलामको सन्दकपुर–१ छाँगे, पाँचथरको फिदिम–१२ पुल भञ्ज्याङ र संखुवासभाको भोटखोला–३ हुङगुङबाट ४ जना गर्भवतीको सेनाको हेलिकाेप्टरबाट उद्धार गरिएको हो ।
उनीहरूलाई हाल झापाको बी एन्ड सी अस्पताल र कोशी प्रादेशिक अस्पताल विराटनगरमा पुर्याइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएकाे छ।
प्रतिक्रिया दिनुहोस्