
काठमाडाैं । शेयर कारोबार मंगलबारदेखि खुल्ने भएकाे भएको छ ।
काठमाडाैं उपत्यकाका सबै सार्वजानिक कार्यलयहरु सोमबारदेखि खुलेका छन् । तर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सोमबार पनि शेयर कारोबार बन्द गरेको हो । सरकारले बाढी-पहिरोको कारण गत शनिबार एक विज्ञप्ति जारी गरी आइतबार र सोमबार सार्वजानिक बिदा दिने निर्णय गरेको थियो ।
उक्त निर्णय अनुसार आइतबार सार्वजानिक बिदा भएता पनि सरकारले आइतबार अर्को सूचना जारी गरी विपद जोखिम कम भएका जिल्लाहरुमा सोमबारबाट सार्वजानिक सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । सोही निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबारको बिदा कटौती गरेर सबै प्रकारका कार्यालय खोल्न निर्देशन दिएपनि नेप्सेले भने सोमबार शेयर कारोबार खुलाएन ।
नेप्सेले शेयर कारोबार मंगलबार (असोज २१ गते) देखि मात्रै खुला हुने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्