
काठमाडौं । आगामी कात्तिक १७ गतेका लागि तय भएको मनाङ प्रदेशसभा-२ को उपनिर्वाचन स्थगित भएको छ ।
सरकार र निर्वाचन आयोगका पदाधिकारीबीचको आइतबार भएकाे छलफलपछि साेही दिनका लागि तय भएकाे उपनिर्वाचन नगर्ने समझदारी बनेको हो । उपनिर्वाचन स्थगित भएको बताउँदै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले अर्को मिति तय गर्ने जानकारी दिनुभयाे ।
उपनिर्वाचन निर्वाचन प्रयोजनका लागि यहि असोज २२ र २३ गते दल दर्ताको कार्यतालिका सार्वजनिक भइसकेको थियो । जेनजीको आन्दोलनपछि सिर्जना भएको अवस्था र अहिलेको विपदका कारण उक्त कार्यतालिका प्रभावित भएपछि आयोगले निर्वाचन स्थगित गरेको जनाएकाे छ।
प्रतिनिधि सभा विघटनसँगै रुपन्देही-३ को प्रतिनिधि सभा उपनिर्वाचन भने यसअघि नै रद्द भइसकेको हाे।
प्रतिक्रिया दिनुहोस्