Logo २० आश्विन २०८२, सोमबार | Mon Oct 6 2025


बाढी-पहिराे अपडेट: मृत्यु हुनेकाे संख्या ५२ जना पुग्याे, २९ घाइते,७ बेपत्ता

२५ जिल्ला बाढी र पहिराेका कारण प्रभावित

1.3k
Shares

काठमाडाैं । गत शुक्रबार र शनिबारकाे निरन्तर रुपमा परेकाे अविरल वर्षासँगै आएकाे बाढी र पहिराेमा परी देशैभरी मृत्यु हुनेकाे संख्या हालसम्म ५२ जना पुगेकाे छ।

नेपाल प्रहरीले आतबार साँझ दिएकाे पछिल्लाे विवरण अनुसार साेही घटनामा परी २९ जना घाइते भएका हुन् । त्यस्तै, ७ जना बेपत्ता भएकाे प्रहरीले बताएकाे छ । जसमध्ये सबै भन्दा कोशी प्रदेशका जिल्लाहरूमा मृत्यु हुनेकाे संख्या बढी रहेकाे छ । इलामा मात्रै ३७ जनाकाे मृत्यु भएकाे हाे ।

उदयपुरमा २, खोटाङमा २ र पाँचथरमा ८ जनाकाे मृत्यु भएकाे प्रहरीले बताएकाे छ । त्यस्तै, रौतहटमा ३ जनाकाे बाढीमा परेर मृत्यु भएकाे हाे । त्यसैगरी २५ जिल्ला बाढी र पहिराेका कारण प्रभावित भएकाे गृह मन्त्रालयले जनाएकाे छ।