Logo २० आश्विन २०८२, सोमबार | Mon Oct 6 2025


मनसुन प्रतिकार्य कमाण्ड पोष्ट बैठकका ८ बुँदे निर्णय सार्वजनिक (निर्णयसहित)


3.1k
Shares

काठमाडौं। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठकले राहत, उद्धार र पुनर्स्थापना सम्बन्धी ८ बुँदे निर्णय सार्वजनिक गरेको छ।

सिंहदरबारमा आइतबार बसेको बैठकले यस्ताे निर्णय सार्वजनिक गरेकाे हाे। अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा उत्पन्न मनसुनजन्य विपद र त्यसबाट प्रभावित जनजीवनकाे बारेमा साेही बैठकमा छलफल भएकाे थियाे । प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा असोज १७ गतेदेखि परेको अविरल वर्षाबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।

बैठकले स्थानीय तहसँग समन्वय गरी मृतकका परिवारलाई मापदण्डअनुसार राहत उपलब्ध गराउन र घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिने निर्णय समेत गरेको हाे।

त्यस्तै, मनसुनजन्य विपद प्रभावितहरूका खोज, उद्धार, राहत तथा पुनर्स्थापना कार्यलाई निरन्तरता दिने निर्णय गरिएको छ। प्रारम्भिक क्षतिको आकलन, प्रभावित जनसंख्या तथा क्षेत्रको विवरण यथाशीघ्र संकलन गरी प्राधिकरणमा पठाउन सम्बन्धित निकायलाई अनुरोध गर्न पनि बैठकले निर्णय गरेको हाे।