
काठमाडौं । शुक्रबार र शनिबारकाे निरन्तर रुपमा परेकाे अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका केही सडकहरु हिलाम्मे भएका छन् ।
तीनै हिलाम्मे सडकहरुमा समेत सवारी गुडिरहेकाे देखिएकाे छ ।अविरल वर्षाले उपत्यकाका विभिन्न सडकहरुमा हिलो र धुलो प्रशस्त रुपमा रहेकाे हाे । आइतबार बिहानैदेखि वर्षा रोकिएसँगै काठमाडौं जनजीवन सामान्य बन्दै गएको हो ।
शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकासहित देशैभरीको जनजीवन कष्टकर बनेको थियो । आइतबारबाट मौसम सफा देखिएकाे छ। आइतबार साँझदेखि देशैभरीकै मौसम खुल्दै जाने मौसमविद्हरुले बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस्