
काठमाडौं । देशैभरी शुक्रबार र शनिबार निरन्तर रुपमा परेकाे अविरल वर्षाका कारण आएकाे बाढी र पहिराेमा परी मृत्यु हुनेकाे संख्या ४९ जना पुगेको छ ।
नेपाल प्रहरीले दिएको पछिल्लो विवरण अनुसार आइतबार दिउँसो साढे १ बजेसम्म २० जना घाइते भएका हुन् । जसमध्ये कोशी प्रदेशका जिल्लाहरूमा मृत्यु हुनेको संख्या सबै भन्दा बढी रहेकाे छ । इलाममा मात्रै ३७ जनाकाे मृत्यु भएकाे हाे । उदयपुरमा २, खोटाङमा १ र पाँचथरमा ६ जनाकाे मृत्यु भएकाे प्रहरीले बताएकाे छ।
त्यस्तै, रौतहटमा ३ जनाकाे बाढीमा परी मृत्यु भएकाे हाे । प्रहरीले इलाममा १ , बारामा १ , रसुवामा ४ र काठमाडौंमा १ गरी कूल ७ जना बेपत्ता भएकाे बताएकाे छ।

प्रतिक्रिया दिनुहोस्