Logo ३१ आश्विन २०८२, शुक्रबार | Fri Oct 17 2025


बीपी राजमार्ग अवरुद्ध, गन्तव्यमा हिँडेका सयौँ यात्रु अलपत्र


884
Shares

काठमाडौं ।

निरन्तर वर्षाका कारण बीपी राजमार्ग अवरुद्ध बनेको छ । रोशी खोलामा बाढी आउँदा बीपी राजमार्गका ९ स्थानमा कटान गरेपछि राजमार्ग अवरुद्ध भएको हो ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार गत १०–१२ असोजमा आएको बाढीले सडक बगाएपछि बनाइएको डाइभर्सनहरु पुनः बगाएको छ ।

प्रहरीका अनुसार रोशी र नमोबुद्धको सिमाना चौकीडाँडा, रोशी–७ को घुमाउने, रोशी–८ को चारसयबेशी मुनिको भाग, गिम्दीबेशी र स्याउलेबजार माथीको भाग, रोशी–९ को नार्के र बोक्सीकुना, रोशी–११ को डालाबेशी, पिप्ले र डालावेशीको बिचको भाग बुलढुंगा, रोशी–११ पिप्ले, रोशी–१२ माम्तीमा बीपी राजमार्ग कटान भएको छ ।

सडक अवरुद्ध भएसँगै गन्तव्यमा हिँडेका सयौँ यात्रु अलपत्र परेका छन् । यो राजमार्गका विभिन्न स्थानमा ९५४ जना यात्रु रोकिएका प्रहरीले जनाएको छ ।

बीपी राजमार्गअन्तर्गत् काभ्रेतर्फ १२ जना महिला र २७ जना पुरुष गरी ३९ जना यात्रु इलाका प्रहरी कार्यालय मंगलटार, काभ्रेमा रोकिएका हुन् । ३९ जना सबै साना सवारीसाधनमा यात्रारत रहेको प्रहरीले उल्लेख गरेको छ ।

यता, सिन्धुलीको ढुंगेबासदेखि दुम्जासम्म गरेर ९१५ जना यात्रुहरु रोकिएका छन् । बसमा यात्रा गर्ने ५०० जना, सानो सवारीमा यात्रा गर्ने ३ सय र दुई पांग्रे सवारीमा यात्रा गर्ने १ सय २५ जना यात्रु रोकिएको प्रहरीले जनाएको छ ।