Logo १८ आश्विन २०८२, शनिबार | Sat Oct 4 2025


उद्धार, राहत, सहयोग एवं सहजीकरणमा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई उपमहासचिव यादवको निर्देशन


533
Shares

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) का उपमहासचिव एवं पूर्वमन्त्री प्रदीप यादवलले अहिले बाढी, पहिरो, वर्षाले मुलुक संकटको सामना गरिरहेको समयमा आवश्यक उद्धार, राहत, सहयोग एवं सहजीकरणमा जुट्न लागि पार्टी नेताकार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

पूर्वमन्त्री यादवले शनिबार सामाजिक सञ्जालमार्फत एक अपिल जारी गर्दै अहिलेको संकटमा आवश्यक उद्धार, राहत, सहयोग एवं सहजीकरणमा जुट्न पार्टीका नेताकार्यकर्तालाई आग्रह गर्नुभएको हाे ।

सम्भावित बाढी, पहिरो- डुबान जस्ता प्राकृतिक विपद्का कारण जनधनको क्षति हुन सक्ने खतरा उच्च देखिएकाले जसपाका सम्पूर्ण नेता, कार्यकर्ता, पार्टी संरचनालाई जनताको सुरक्षालाई प्राथमिकतामा राखेर पूर्ण सतर्कता र सक्रियताका साथ विपद व्यवस्थापनमा जुट्न उहाँले आग्रह गर्नुभएको छ ।

“स्थानीय पार्टी कमिटीहरूलाई सम्बद्ध सरकारी निकायहरूसँग समन्वय गर्दै जोखिममा परेका नागरिकहरूको उद्धार, राहत र संरक्षणमा अग्रपङ्क्तिमा रहन अनुरोध गर्दछु । यस कठिन घडीमा प्रत्येक जिम्मेवार नागरिक, विशेषत: जसपा परिवारका सदस्यहरू एकताबद्ध भई सहयोग, सद्भाव र सशक्त उपस्थितिको हाम्रो पहिचानलाई व्यवहारमा उतारौं,” पूर्वमन्त्री यादवद्धारा जारी अपिलमा उल्लेख गरिएको छ ।

पूर्वमन्त्री यादवले विपद व्यवस्थापनका लागि हामी सबै तयार रहन तथा संकटमा परेकाहरूलाई छिटो सहयोग पुगोस् भन्ने कामना समेत व्यक्त गर्नुभएको छ ।