Logo १८ आश्विन २०८२, शनिबार | Sat Oct 4 2025


मधेश र बागमती प्रदेश उच्च जोखिममा, अझै ३० घण्टासम्म मनसुन सक्रिय हुने


1.4k
Shares

काठमाडाैं । जल तथा मौसम विज्ञान विभागले आगामी ३० घण्टासम्म मनसुन सक्रिय रहने सम्भावना रहेको जनाएको छ ।

विभागले हाल देशका अधिकांश स्थानमा वर्षा भइरहेको समेत जानकारी गराएकाे हाे । साेही क्रम आगामी ३० घण्टासम्म सक्रिय रहने सम्भावना रहेको छ। उक्त अवधिमा मुख्यगरी बागमती, गण्डकी, मधेश र कोशी प्रदेशका अधिकांश स्थानमा मध्यमदेखि अति भारी वर्षा हुने भएकाे हाे ।

त्यसमा पनि मधेश र बागमती प्रदेशमा ठूलो प्रभाव पर्ने देखिएको विभागले जनाएको छ ।